Logo कार्तिक १०, २०७७ सोमबार


कोरोना भाइरस संक्रमणबाट अस्पतालकै कर्मचारीको मृत्यु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

५७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनी अस्पतालको बि एडिक्सन वार्डमा कार्यरत थिइन् । उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मृतक महिलामा १० वर्षदेखि दमको समस्या रहेको र थाइरोइडको समेत औषधि खाइरहेको अस्पताल स्रोतले बताएको छ । आइसियूमा राखेर उपचार सुरु गरिएका उनलाई पछि भेन्टिलेटरमा पनि राखिएको थियो । यस्तै प्लाज्मा राखेर समेत उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालको भनाइ छ

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म २०५ जना कर्मचारी कोरोना संक्रमित भइसकेका छन्। हाल अस्पतालमा ३० जना संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।