बागमती नदीमा वृद्धको शव फेला

सांकेतिक : तस्वीर
काठमाडौं । सर्लाहीको बागमती नदीमा ७० वर्षीय वृद्धको शव फेला परेको छ। जिल्लाको बागमती नगरपालिका ११ का जयबहादुर कार्कीको मंगलबार नदीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
बागमती सिंचाइ ड्याम नजिकै डुबेको अवस्थामा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।