Logo कार्तिक १२, २०७७ बुधबार


उपत्यकामा जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे, चेकजाँच कडा बनाइँदै

काठमाडौं । उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको अनुगमन तथा कारवाहीमा तिब्रता दिएको बताउनुभयो ।

‘उपत्यकाका सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट जारी निषेधाज्ञा तथा जोर–विजोर सेवा हटिइसकेको अवस्था छैन, उहाँले भन्नुभयो– नियमित कारवाही अन्तरगत अनुगमन कार्यलाई थप कडा पारेको हो । उपत्यकाको मुख्य सडकचोकहरूमा ट्राफिक प्रहरीको जनशक्ति पनि बढाइएको छ । जोर– बिजोर प्रणालीको पालना नगर्ने सवारी साधनहरूलाई साँझ ८ वजेसम्मलाई सडकमै ‘होल्ड’मा राखिने जानकारी उहाँले दिनुभयो ।

होल्ड गरिएका सवारी साधनहरूमा दुई पाङ्ग्रे सवारी मोटरसाइकलहरू धेरै छन् । त्यस्तैं, कार र ट्याक्सी पनि कारवाहीमा परेका छन् । दिउँसो दुईवजेसम्म एकहजार सवारी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले जोर– विजोर यातायात सेवा सञ्चालन गर्न सर्वसाधारणमा आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन र सर्वसाधारणको भीड बढ्दै गएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।