Logo कार्तिक १२, २०७७ बुधबार


अतिक्रमण गरी बनाइएका संरचना धमाधम भत्काइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय, महानगरपालिकालगायतका निकायलाई पत्राचार गर्दै अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने जानकारी दिए । स्थानीयको उजुरीका आधारमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा क्षेत्र, बौद्ध तथा स्वयम्भू र अनामनगरक्षेत्रमा भएको अतिक्रमण हटाएको थियो । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाले अतिक्रमण भएका अन्य स्थानमा पनि क्रमशः भत्काइने बताए । काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरी अतिक्रमण भएका स्थानमा अतिक्रमणकारीलाई हटाउने कार्यलाई तीव्रता दिने बताएको छ । विशेषगरी यहाँका राजकुलो, तथा खोला नदी क्षेत्र आसपासमा ठूलो मात्रामा अतिक्रमण हुँदै आएको छ । विगतमा भूमाफियाहरूकै सक्रियतामा अतिक्रमण हुने क्रम बढेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।