Logo कार्तिक १०, २०७७ सोमबार


मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. पौडेल नियुक्त

सर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो ।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा. डा. पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गर्नुभएको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनुभयो । ‘यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो’, उहाँले भन्नुभयो, ‘जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।’

उपकुलपति प्रा. डा. सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गर्नुभयो । यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ ।

आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।