Logo माघ १४, २०७७ बुधबार


कोरोना संक्रमित वृद्धको मृत्यु

मोरङ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले अनुसार मोरङको जहदा गाउँपालिका वडानम्बर ६ का ६० वर्षीय वृद्धको बुधबार बिहान ४ बजेतिर मृत्यु भएको हो।

उहाँका अनुसार कोशी कोभिड अस्पतालमा हालसम्म ज्यान गुमाएका संक्रमितमध्ये पछिल्लो पटक मृत्यु भएका पुरुषको तौल सबैभन्दा धेरै १ सय १० किलो रहेको थियो। मृतकमा अत्याधिक मोटोपनाका कारण श्वासप्रश्वास सम्बन्धी बढी समस्या रहेको देखिन्थ्यो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको उनले बताए। होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याइएको खुलेको सिग्देलको भनाइ छ।

अस्पतालको अनुसार असोज ६ गतेबाट भेन्टिलेटरमा उपचाररत संक्रमित पुरुषलाई बचाउन धेरै पटक सीटीआर गर्दै कृतिम श्वासप्रश्वास दिएर प्रयास गरिएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या देखिएको थियो। पछिल्लो समय श्वास फेर्न गाह्रो हुने समस्या पनि थपिएको वरिष्ठ फिजिसियन डा. सिग्देलले बताउनु भयो। सिग्देलले स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जानकारी उनले दिए।

हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६८ जना संक्रमितको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा १९ महिला र ४९ पुरुष छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने थापाकाे भनाइ छ ।

प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।