Logo कार्तिक ५, २०७७ बुधबार


भाउजूको हत्या आरोप लागेका युवक पक्राउ

लमजुङ । नातामा भाउजू पर्ने महिलाको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

हत्या भएको २३ दिनपछि यहाँको क्होलासोंथर गाउँपालिकाका वडानम्बर ९ गिलुङकी ५९ वर्षीया बुद्धिमाया विकको हत्या गरेको आरोपमा गिलुङकै ५७ वर्षीय बिलबहादुर विक पक्राउ परेका हुन ।

प्रहरीका अनुसार गत विकले भदौ २० गते राति करिब ९ बजे भाउजू बुद्धिमायालाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गासम्बन्धी विवादमा एकल महिला बुद्धिमायालाई बिलबहादुरले हत्या गरेको खुलेको छ ।

बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।