Logo कार्तिक ९, २०७७ आइतबार


कालापानीमा नेपालले जनगणना गर्न लागेकोमा भारतीय मिडियाको चासो

काठमाडौँ । भारतीय सञ्चारमाध्यमले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणनाको तयारी गरेको समाचार सम्प्रेषण गरेका छन् ।

आगामी वर्ष हुने जनगणनामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्छ कि समेट्दैन भन्नेबारे नेपाल सरकारले भने अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन ।

तर यो विषयमा भारतीय विदेश मन्त्रालयमा समेत चर्चा भएको टाइम्स अफ इन्डियामा प्रकाशित समाचारमा उल्लेख छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पाठ्यसामग्रीमा समावेश गरेपछि यी क्षेत्रमा जनगणनाको पनि तयारी गरिरहेको समाचार प्रकाशित गरेको हो । अर्कोै वर्ष हुने जनगणनाको अभ्यासका लागि नेपाल सरकारले केही प्रश्नावलीसमेत तयार पारिएको अखबरले जनाएको छ । समाचारमा घरदैलोमा पुगेर जनगणना सम्पन्न गर्न सम्भव नभएमा अन्य विकल्पहरुको खोजी भइरहेकोसमेत उल्लेख छ । तर पिथौरागढका सरकारी अधिकारीहरुले भने यस विषयमा आफूहरुलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयले सप्ताहिक रुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा पनि यो विषयले चर्चा पाएको छ । २६ सेप्टेम्बरमा आयोजित भर्जुअल पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवलाई नेपालले कालापानीमा जनगणनाको तयारी गरिरहेको छ, यस सम्बन्धमा भारतको धारणा के छ ? सीमा विवादका सम्वन्धमा भारतले परराष्ट्र सचिवस्तरीय वार्ता कहिले गर्छ ? भनेर सोधिएको थियो ।

यसको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।