Logo कार्तिक १०, २०७७ सोमबार


तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

काठमाडौं । तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक देखिएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।

नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरसको परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ्चालन गर्न छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गर्नुभएको थियो ।

छलफलमा नाका सञ्चालनको विषयमा चीनले सुरक्षालाई मुख्य चासोको विषय बनाएको सहसचिव दाहालले जानकारी दिनुभयो । नेपालको प्रस्तावमा चीनले तत्काल सीमित मात्रामा खोल्ने र नेपालको तयारी हेरेर आश्वस्त भएपछि सामान्य रूपमै नाका सञ्चालन गर्ने जनाएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुवै पक्षबीच अन्य नाका पनि पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने विषयमा समझदारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।