Logo कार्तिक १५, २०७७ शनिबार


विद्युत प्राधिकरणद्वारा लकडाउनभरको महशुल भुक्तानीमा छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लकडाउनका बेलाको महशुल भुक्तानीमा छुट दिएको छ । प्राधिकरणले थप दस्तुर एवं जरिवानाबारे पनि स्पष्ट पारेको छ ।

कोरोना भाइरस संक्रमणले गर्दा लकडाउन भएकाले विद्युत्को मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तामा अन्योल रहेकाले प्राधिकरणले सूचनामार्फत स्पष्ट पारेको हो ।

सूचना अनुसार २०७७ भदौ महिनाको महशुल भुक्तानी गर्दा असोज २२ गतेसम्म थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गतेसम्म पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । ग्राहक स्वयंले नै मिटर रिडिङ गरी अनलाइनमा विवरण अद्यावधिक गर्न सक्ने वा ११५० नम्बरमा फोन गरेर पनि रिडिङ अंक टिपाउन सकिने प्राधिकरणले जनाएको छ ।

ग्राहकले खपतको आधारमा अग्रिम भुक्तानी गरेको भए महशुल रकममा छुट हुने र आगामी दिनका बीलमा समायोजन गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।