Logo कार्तिक १५, २०७७ शनिबार


वडाध्यक्ष धामीमाथि साङ्घातिक आक्रमण

कञ्चनपुर । कञ्चनपुर नगरपालिका ९ का वडाध्यक्ष रामसिंह धामी माथि साङ्घातिक आक्रमण भएको छ। गएराति ८/१० जनाको समूहले धारिलो हतियार प्रहार गरी वडाध्यक्ष धामीलाई घाइते बनाएका हुन्‌। धामीको पेट र छातीमा चोट लागेको छ। नगरपालिकाका तीन वडाको जग्गा समस्या समाधानका निम्ति समिति बनाएपछि भूमाफिया गिरोहले साङ्घातिक आक्रमण गरेको आशंका गरिएको छ।

सत्तारूढ नेकपाका नेता धामी तीन वडाको जमिन अर्कैको नाममा दर्ता गराउने भूमाफिया र कर्मचारी विरुद्ध शुरुदेखि नै लड्दै आएका थिए। बेदकोट नगरपालिका कार्यालयबाट घर फर्कने क्रममा सुन्दरपुरको क्षेत्रीय कृषि तालिम केन्द्र नजिक कल्भर्टमा बाटो ढुकेर बसेको समूहले आक्रमण भएको बताइएको छ।

‘म मोटरसाइकल चढेर घर जाँदै थिए, ८/१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाडेनन्‌, उनीहरूले मास्क लगाएका थिए, त्यसैले चिन्न सकिँन,’ उनले भने, ‘एकाएक आक्रमण गरे, त्यसपछि मलाई होस नै भएन, घर पुर्‍याएपछि होस आयो।’ अध्यक्ष धामीको पेटमा पाँच टाँका लगाइएको छ। उनले भूमाफिया गिरोहले आफूमाथि आक्रमण गर्न लगाएको बताएका छन्‌। घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।