Logo कार्तिक १५, २०७७ शनिबार


पीसीआर परीक्षणमा बढी शुल्क लिनेलाई कारवाही गर्न पत्रचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।

सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले धेरै शुल्क लिइरहेका छन् । मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार ५ सय रुपैया शुल्क तोकेको थियो ।

अहिले भने सरकारले २ हजार रुपैयाँ शुल्क तोकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।