Logo कार्तिक १०, २०७७ सोमबार


दुई कम्पनीका ह्यान्ड स्यानिटाइजर प्रतिबन्धित

काठमाडौं । औषधी व्यवस्था विभागले थप दुई कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालमा परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि विभागले आज एक सूचना जारी गर्दै स्यानिटाइजर बिक्री बितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले हिमालय शेर्पा हर्बस् प्रालि काठमाडौंले उत्पादन गरेको ह्यान्ड रब इन्स्ट्यान्ट र पर्साको वीरगञ्जस्थित प्राईम फर्मास्युटिकल्सले उत्पादन गरेको सेफ ह्यान्डस्लाई बजारमा बिक्री वितरणमा रोक लगाएको हो । यी स्यानिटाइजर परिक्षण गर्दा न्युन गुणस्तरको पाइएको हो ।

विभागले यी स्यानिटाइजरहरु सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ । विभागले यसअघि डेढ दर्जन कम्पनीका स्यानिटाइजरमा विषक्त रसायन मिसाएको पाइएको भन्दै उत्पादन र बिक्री वितरणमा रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।