Logo कार्तिक १२, २०७७ बुधबार


अभिनेता सुशान्त सिंहको हत्या नभएको निष्कर्ष

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्या भएको भन्ने आशंका खारेज भएको छ ।

भारतको दिल्ली स्थित एम्स अस्पतालको मेडिकल बोर्डले अभिनेता सिंह राजपूतलाई विष खुलाएर हत्या गरिएको भन्ने आशंका खारेज गरेको हो ।

अभिनेता राजपूतको मृत्युको घटनामा एम्स अस्पतालको मेडिकल बोर्डले सीबीआईलाई आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ । सो रिपोर्टमा सुशान्तको मृत्युको सही कारण लेखिएको उल्लेख छ ।

मेडिकल बोर्डले झण्डै एक महिना लगाएर निकर्ष निकालेको बोर्डका अध्यक्ष डा. सुधीर गुप्ताले बताए । अनुसन्धानको रिपोर्ट सीबीआईलाई दिइ सकिएको उनले बताए ।

३४ वर्षका राजपूत गएको जुन १४ मा मुम्बई स्थित घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको मुम्बई प्रहरीले प्रारम्भीक रिपोर्टमा उल्लेख गरे पनि हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ ।

सीबीआईको आग्रहमा एम्स अस्पतालले मेडिकल बोर्ड गठन गरेको थियो जसले मुम्बई गएर सुशान्तको फ्ल्याटको जाँच गरेको थियो ।

पोस्टमार्टम रिपोर्ट बनाउने कूपर अस्प्तालका डाक्टरसँग पनि बोर्डले अन्तर्वार्ता गरेको थियो ।

स्रोतले दिएको जानकारी अनुसार सुशान्तलाई विष दिएर हत्या गरिएको नदेखिने रिपोर्टमा उल्लेख गरेको पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।