Logo फाल्गुन २१, २०७७ शुक्रबार


यसरी निको भए सुदूरपश्चिमका काेराेना संक्रमित…

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ । जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश ठकुल्लाका अनुसार नेपाल सरकारले तोकेको जनस्वास्थ्यको मापदण्डअनुसार कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामका उपाय अपनाइएको छ ।

संक्रमण भएका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखिन्छ र त्यहाँ जाँच गर्दा कोरोना लक्षण नदेखिएको खण्डमा डिस्चार्ज गर्ने गरिन्छ । उहाँका अनुसार स्वाब परीक्षणबाट पोजेटिभ देखिएका ९६ प्रतिशत कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर जाँच गर्दा लक्षण नै नदेखिने गरेको छ । खासगरी स्थानीयमा रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण कोरोनाको संक्रमण छिट्टै निको हुने गरेको पाइएको डा. ठकुल्लाको अनुभव छ ।

पछिल्लो समय भारतबाट पनि पहिला जस्तो भद्रगोल रुपमा र ठूलो संख्यामा नेपाली आउनेक्रम कम भएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा पर्याप्तमात्रामा आइसोलेशन तथा कोरोना संक्रमितले नियमपूर्वक घरैमा बसेका कारण कोरोना निको हुनुका साथै समुदायमा सर्न नपाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमितले नियमपूर्वक घरैमा बस्नुका साथै बेसार पानीलगायत स्थानीय जडीबुटी खाएर निको भए र अन्यत्र नघुमेका कारण जिल्लामा कोरोना समुदायमा सर्न पाएन ।’

कोरोना संक्रमितले उच्च मनोबलका साथ रहने, नआत्तिइ बस्ने, नियमित व्यायाम गर्ने, स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर सजकता अपनाउने, तातो र झोलिलो पदार्थ पिउने गर्नाले कोरोना भाइरसलाई परास्त गर्न सकिने मलासीले सुझाव दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।