Logo मंसिर ११, २०७७ बिहीबार


पर्यटककाे ध्यान खिच्न सफल कैलालीकाे ‘घाेडाघाेडी ताल’

काठमाडाैं । विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्द्धन हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् । कोरोना कहरका बीच पनि अहिले दैनिक रूपमा सयभन्दा बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरिरहेका छन् ।

विश्व रामसार सूचिमा सूचीकृत नेपालको ताल मध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो । पूर्व-पश्चिम राजमार्ग भएर कैलाली पुग्ने मध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन् । नाम मात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ ।

करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १ सय ३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुईसय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ । यसको कुल क्षेत्रफल दुई हजार ५ सय ६३ हेक्टर रहेको छ । ताल क्षेत्रमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताउनुभयो ।

घोडाघोडी घुमघाम गर्नका लागि पर्यटकलाई कुनै असुविधा हुँदैन । घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन् । गाउँको परिवेशमा होम स्टेमा बस्न चाहने पर्यटकका लागि माघी गाउँमा होम स्टे सञ्चालनमा छ । घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्वर्द्धनका लागि घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ । यो क्षेत्रमा बढीभन्दा बढी पर्यटकहरू भित्र्याउन नगरपालिकाले गुरु योजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बताउनुभयो ।

घोडाघोडीमा दूर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिका दर्जनौं माछाहरू, दूर्लभ रातो टाउके कछुवा र दूर्लभ गोहीको प्रजनन् स्थल बनेको रहेछ घोडाघोडी ताल । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ । घोडाघोडीमा ३१ प्रजातिका माछा, १ सय ४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घस्रिने जन्तुहरू, ४ सय ५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…