Logo कार्तिक ११, २०७७ मंगलबार


२७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कर्णाली स्वास्थ्य प्रतिष्ठान बन्द

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत २७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।

बुधबार सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टि भएपछि प्रतिष्ठानको निर्णय अनुसार आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो ।

अस्पतालको सर्जरी, अर्थो र एनेस्थेसिया वार्डमा कार्यरत ४० जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा बुधबार २७ जना कोरोना संक्रमण पृष्टि भएको अस्पतालका निमिक्त निर्देशक डा अनुप समालले जानकारी दिनुभयो।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका कर्मचारी तथा बिरामीहरुको पीसीआर परीक्षण र रिपोर्ट आएपछि मात्र अस्पताल खुल्ने बताइएका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।