Logo कार्तिक ११, २०७७ मंगलबार


फेरि अघोषित लोडसेडिङ, यसकारण जान्छ झ्याप्प झ्याप्प बिजुली

काठमाडौं । यसवर्ष पानी धेरै पर्यो । कुलेखानीजस्ता जलाशययुक्त आयोजना पनि भरी नै छन् । रन अफ दि रिभर अर्थात् नदीको प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरुले पनि पूर्ण क्षमतामै उत्पादन गरिरहेका छन् ।

तर पनि पहिले–पहिले हुने गरेको लोडसेडिङको झल्को दिने गरी अहिले फेरि बत्ती जान थालेको छ । देशैभरका विभिन्न स्थानहरुमा बेला बेलामा झ्याप्प–झ्याप्प बत्ती गएको खबर हाम्रा जिल्ला सम्वाददाताहरुले पठाइरहेका छन् ।

काठमाडौं उपत्यकालाई हेर्ने हो भने विभिन्न स्थानमा बेलाबेलामा बत्ती गइरहेको छ । शनिवार बालाजु क्षेत्र, मनमैजु क्षेत्र, ठमेल क्षेत्र, धोबिखोला क्षेत्र आदि स्थानमा बत्ती गयो । बेलाबेलामा बत्ती जाने र आउने भइ नै रह्यो । तर बत्ती किन गयो भन्ने कुरा सर्वसाधरणले थाहा नै पाएनन् ।

काठमाडौं उपत्यकामा बिगत १ महिनादेखि झ्याप्प– झ्याप्प बत्ती जाने र आउने भइरहेको छ । कहिलेकाहीँ विद्युत् प्राधिकरणले सूचना निकालेर बत्ती नआउने जानकारी दिन्छ भने कतिपय अवस्थामा बिना जानकारी नै बत्ती काटिने क्रम झन झन् बढ्दो छ ।

उपत्यकामा मात्रै होइन, कुलेखानीजस्तो ठूलो आयोजना रहेको मकवानपुरको हेटौंडा बजार तथा जिल्लाका विभिन्न स्थानमा बत्ती जाने र आउने गरिरहेको मकवानपुरस्थित जनता सहकर्मी पुष्पराज अधिकारीले बताएका छन् ।

मकवानपुरमा बिगत १ महिनादेखि झ्याप्प–झ्याप्प बत्ती जाने गरेको र त्यसले लोडसेडिङ गराउने हो कि भन्ने चिन्त बढाएको मकवानपुरका स्थानीयले बताएका छन् ।

सरकारले लोडसेडिङ हटाएको घोषणा गरेको लामो समयपछि फेरि यसरी बत्ती जाँदा स्थानीयमा लोडसेडिङको भय बढ्न थालेको छ । यद्यपि नेपाल विद्युत् प्राधिकरण, हेटौंडा वितरण केन्द्र भने प्राविधिक कारणले बत्ती काटिएको तर लोडसेडिङ नभएको हेटौंडा वितरण केन्द्रका ई. योगेन्द्र ठाकुरको जिकिर छ ।

प्राधिकरणले झरीका कारण रुख ढल्ने, पानीले विद्यत् सर्ट भएको कारणले बत्ती काटेर मर्मत गरेको बताएपनि जनतामा भने लोडसेडिङको चिन्ता बढ्न थालेको छ ।

धनुषामा पनि विगत २ महिनादेखि पटकपटक बत्ती जाने गरेको छ । धनुषास्थित विद्युत् कार्यालयले बिना सूचना नै पटकपटक बत्ती काटेको र किन काटेको भन्ने जानकारी पनि नदिएको धनुषाका व्यापारी तथा स्थानीयको गुनासो छ ।

उता झापामा पनि पटकपटक बत्ती जान थालेको छ । बिना सूचना र जानकारी पटकपटक बत्ती गएपछि स्थानीयहरु फेरि पनि लोडसेडिङ सुरु भएको हो कि भनेर त्रसित बनेका छन् ।

विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयले भने अहिले घोषित वा अघोषितरुपमा लोडसेडिङ नगरिएको जानकारी दिएको छ । अहिले प्रशस्त मात्रामा विद्युत्को आपूर्ति गर्न सकिने अवस्था भएपनि बिगत केही दिनदेखि परेको झरी र हावाहुरीका कारण नियमित मर्मत सम्भारका क्रममा बत्ती काटिएको बताएको छ ।

डडेलधुरामा पछिल्ला दिनमा पटकपटक बत्ती गएको कुरा उल्लेख छ । प्राधिकरणको जिल्लास्थित कार्यालयले बिना जानकारी बत्ती काटेको र एकैदिनमा ६–७ पटकसम्म बत्ती गएको बताइएको छ । विद्युत् प्राधिकरणले विद्युत् काटिनुको कारण भने बताएको छैन । पटकपटक बत्ती जान थालेपछि कार्यालयमा काम गर्ने कर्मचारी हैरान छन् ।

स्थानीयहरु पनि पटकपटक बत्ती गएको देख्दा अब लोडसेडिङ सुरु हुनै लागेको हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।

४ वर्षअघि बत्ती आउने तालिका हेरेर बसेका जिल्लाका जनताहरु त्यसपछि लोडसेडिङ हटेको भन्दै खुसी थिए । तर अहिले फेरि झ्याप्प– झ्याप्प बत्ती जान थालेपछि लोडसेडिङको त्रास बढेको छ ।

उपत्यकासहित यी ४ जिल्ला त उदाहरण मात्रै हुन् । अहिले देशैभर बेलाबेलामा बत्ती जाने र आउने भइरहेको छ । कोरोना संक्रमणको डरले घरबाटै अनलाइन कक्षा लिइरहेकाहरु पनि पटकपटक बत्ती जाँदा समस्यामा परेका छन् । पटकपटक बत्ती गएको सत्य भएपनि किन र के कारणले बत्ती गइरहेको छ, त्यसको जवाफ दिन भने प्राधिकरणले सकेको छैन ।

यता झण्डै चार वर्ष ठप्प भएको इन्भर्टर र जेनेरेटरको पुनः ह्वात्तै माग बढ्न थालेपछि व्यापारीहरु भने रमाएका छन् ।

प्राधिकरण भन्छ– ढुक्क हुनुस फेरि लोडसेडिङ हुँदैन

भदौ २८ गते नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा हुँदै गर्दा धेरैको चिन्ता थियो– कुलमान गएसँगै बत्ती पनि जान्छ की भन्ने । सो चिन्तालाई सहि सावित गर्दै पछिल्लो समय झ्याप्प झ्याप्प बत्ति जाने क्रम ह्वात्तै बढेको छ ।

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका कयौं ठाउँमा पहिलेको तुलानामा आजकल बिना सूचना बत्ति गइराखेको छ । यसरी बत्ती जानुको अर्थ के लोडसेडिङ्को पूर्वअभ्यास भइराखेको हो ? मुलुक फेरि अन्धकारमै फर्किन लागेको हो ? होइन भने किन गइराखेको छ बिना कारण बत्ति ?

यो प्रश्नको जवाफमा विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भन्छन्– देशमा फेरि लोडसेडिङ हुने कुनै सम्भावना छैन् । मागभन्दा बढि विद्युत उत्पादन भइरहेको छ । कसरी हुन्छ लोडसेडिङ ?

निमित्त कार्यकारी निर्देशक कोइरालाले लोडसेडिङ हुने कुनै सम्भावना छैन भनेपछि हामीले सोध्यौ त्यसो भए बत्ति जानुको कारण के हो ? उनको जवाफ थियो– अहिले प्राविधिक कारणले केहि ठाउँमा बत्ति गइराखेको छ । केहि दिन अघिसम्म वर्षा र हावाहुरीका कारण विद्युतको तार चुडिने, पोल ढल्ने गरेका कारण लाइन काटिएको छ भने केहि ठाउँमा मर्मतका लागि विद्युत आपुर्ति अवरुद्ध भएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर मुलुकमा फेरि लोडसेडिङ हुन्छ की भन्ने नसोच्न अपिल गरेको थियो । नियमितरूपमा गर्नुपर्ने मर्मत संभार तथा प्रणाली सुधारका लागि केही समय विद्युत सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले यसलाई लोडसेडिङको रुपमा नबुझ्न भनेको छ । यति मात्रै होइन प्राधिकरणले आकस्मिक घटनामा बाहेक विना सूचना कहि पनि लाइन नकाटेको दाबी गरेको छ ।

तर, प्राधिकरणले यस्तो दाबी गरेपनि बिना सूचना विद्युत जान थालेपछि अतालिएर जेनेरेटर र इन्भर्टर किन्ने जमात बढेको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइराला आतिएर कसैले पनि जेनेरेटर र इन्भरट किन्न आवाश्यक नभएको बताउँछन् । बरु विद्युत खपत बढाउन उनको अपिल छ ।

प्राधिकरणका अनुसार अहिले विद्युत जानुको मुख्य कारण पुराना पोल, ट्रान्समिटर र तार हुन् । वर्षा हावाहुरीसँगै यसमा हुने क्षतीका कारण बत्ति जानेक्रम तुलानात्मक रुपमा बढेको छ । तर, अबको केहि दिनमा यी सबै समस्या समाधान हुने प्राधिकरणको दाबी छ । वितरणमा केहि समस्या भए पनि उत्पादनमा कुनै समस्या नभएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाको भनाइ छ । उनका अनुसार अहिले बत्ति जानुको मुख्य कारण उत्पादनको कमि होइन वितरणमा देखिएको प्राविधिक खराबी हो ।

विद्युत प्राधिकरणका अनुसार हाल बिहान साढे ८ सय मेगावाट, दिउँसो ११ सय ७५ मेगावाट, साँझ १३ सय ८५ मेगावाट र राति ७ सय मेगावाटको माग छ । औसतमा १ हजार मेगावाटको माग छ । ताकी नेपालमा मात्रै ११ सय मेगावट विद्युत उत्पादन भइराखेको छ । कुनै समय अपुग भए ५० मेगावाट भारतबाट समेत ल्याइएको छ ।

मागभन्दा उत्पादन बढी भएकाले फेरि हुन्छ की भन्ने भ्रममा कोही पनि नपर्न प्राधिकरण र उर्जा मन्त्रालयले समेत पटक पटक आग्रह गरेको छ । सामाजिक सञ्जालमा तथ्य हिन ढंगबाट लेखिएका कुरालाई आधार मानेर नआतिन पनि अपिल गरेको छ ।

अर्थात्, उक्त परिमाणको न्यून आपूर्तिबाट प्राधिकरणले मंगलबार सरदर ६० लाख रुपैयाँ आम्दानी गुमाएको छ। यसलाई धेरै कुलमानको बहिर्गमनको असर भनेका छन्। साथै भविष्यमा लोडसेडिङ विस्तारै बढ्दै जाने चिन्ता पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।