Logo कार्तिक १२, २०७७ बुधबार


अर्थमन्त्रीमा महासचिव विष्णु पौडेल !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गर्नुभएको छ ।

विशेष आर्थिक सल्लाहकारमा केही दिन अघि डा युवराज खतिवडालाई नियुक्त गर्नुभएका प्रधानमन्त्री ओलीले खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्नुभएसँगै अर्थमन्त्रीमा पौडेलको सम्भावना बढेको हो ।

यसअघि आगामी चैत्रमा हुने भनिएको पार्टीको महाधिवेशनमा व्यस्त रहनुपर्ने भन्दै पौडेललाई अर्थमन्त्रालयमा नपठाउने मनाशय बनाउनुभएका प्रधानमन्त्री ओली अन्ततः पौडेललाई नै अर्थमन्त्री नियुक्त गर्ने निर्णयमा पुग्नुभएको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र पौडेल भएकाले अर्थमन्त्रीमा उहाँको सम्भावना बढेको हो ।

यसअघि अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको चर्चा चले पनि फरक गुटका कारण ओली अनिच्छुक देखिनुभएको बताइएको छ ।

पार्टीभित्रको विवाद मिलाउने दौरानमा महासचिव पौडेल पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग समेत नजिक हुनुभएकोले उहाँप्रति अध्यक्ष दाहालको आपत्ति नरहने स्रोतको दाबी छ ।

ओलीको पहिलो प्रधानमन्त्रीकालमा समेत पौडेल नै अर्थमन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'