Logo कार्तिक १२, २०७७ बुधबार


थप १९११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार नौ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार चार सय ४४ जनामा गरिएको परीक्षणमा एक हजार नौ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभरबाट नौ सय ६१ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज देशभर २१ हजार आठ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या पाँच सय नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।