Logo कार्तिक १२, २०७७ बुधबार


नेकपामा समाहित हुन भट्टराई, वैद्य र विप्लवलाई दाहालको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकहरुलाई एकतामा आउन आग्रह गर्नुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन् आह्वान गर्नुभएको हो ।

उहाँले डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई एकताका लागि आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले जे जति फरक विचारहरु छन्, सँगै बसेर छलफल गरी एउटा विधि प्रक्रियामा गएर निर्णय गर्न भट्टराई, वैद्य र विप्लवलाई आग्रह गर्नुभयो ।

एमाले र माओवादी केन्द्रको एकताले एकताको सामथ्र्य पुष्टि गरिसकेको बताउनुभयो । विश्वभर कम्युनिष्टहरु कमजोर भएका बेला नेपालका दुई कम्युनिष्ट पार्टीबीचको एकताले झण्डै दुई तिहाइ बहुमत ल्याउन सफल भएको अध्यक्ष दाहालको भनाइ थियो ।

दाहालले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।