Logo कार्तिक १२, २०७७ बुधबार


उपत्यकामा थप ९४३ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप नौ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा एक हजार नौ सय ११ जनामा संक्रमण देखिएकामा बिहीबार उपत्यकामा मात्र नौ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार आजका संक्रमितमध्ये काठमाडौं जिल्लामा आठ सय १७ जना रहेका छन् । त्यसैगरी भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जना संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज देशभरका नौ सय ६१ जना संक्रमित निको भएका छन् । आज देशभर २१ हजार आठ सय ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच सय नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।