Logo कार्तिक ५, २०७७ बुधबार


सिंचाई विभागका सिडिइ सुरेशकुमारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । ३ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेशकुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार शर्माले ३ करोड ६ लाख ५४ हजार नौ सय ३२ रुपैयाँ अवैध रुपमा आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

२०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६÷७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगको अनुसन्धानबाट शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ मात्र वैध आम्दानी गरेका छन् ।

तर शर्माले अहिलेसम्म ५ करोड ४१ लाख ८६ हजार ६ सय सम्पत्ती थुपारेको पाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।