Logo कार्तिक ११, २०७७ मंगलबार


देशभर ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडाैं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकू, कालीमाटी कोटेश्वर लगायत विभिन्न १६ स्थानमा र उपत्यका बाहिर विभिन्न ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । यस्तो पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, गेडागुडी, चिनी, नुन लगायतका वस्तुहरु सुपथ मूल्यमा खरिद गर्न सकिने छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रमुख शर्मिला सुवेदीले चामल, दाल र चिनीमा प्रति किलो ५ रुपैयाँ छुट दिइएको बताउनुभयो । त्यस्तै बासमती चामल, गेडागुडी र कर्णालीको दाल, मासुजन्य वस्तुमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको पनि उहाँले बताउनुभयो ।

कोभिड-१९ को जोखिमका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले यस वर्ष एकीकृत रुपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन् । तर सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

बिहीबारदेखि शुरु भएको सुपथ मूल्य पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।