Logo कार्तिक १२, २०७७ बुधबार


अक्टोबर १३ मा आइफोन १२ आउने, प्रिअर्डर कहिलेदेखि ?

काठमाडौं । एप्पल कम्पनीले आगामी अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने भएको छ ।

सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक नगरेको एप्पलले अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने समाचारहरु सार्वजनिक भएका छन् । एप्पल इनसाइडरका अनुसार आइफोन १२ को प्रिअर्डर १६ अक्टोबरदेखि सुरु हुनेछ । नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्ने बताइएको छ ।

अहिले एप्पल कम्पनीले आइफोन १२ को उत्पादन तीव्र गतिमा जारी राखेको छ । रिपोर्टका अनुसार एप्पलको आइफोन उत्पादन गर्ने ताइवानस्थित फक्सकन कम्पनीको कारखानामा आइफोन १२ बनाउन मजदुरहरु २४ सै घण्टा खटिइरहेका छन् ।

आइफोनको कारखानामा मजदुरहरुलाई विदा समेत दिइएको छैन । सबै कर्मचारीलाई अनिवार्य रुपमा अतिरिक्त समयमा काम गराइएको छ । फक्सकन कम्पनीले मजदुरहरुलाई देशव्यापी विदाको दिनहरुमा समेत विदा नदिई काममा लगाएको छ ।

कम्पनीले कामदारहरुलाई बोनस, भत्ता तथा अन्य विभिन्न खाले नगद प्रोत्साहन समेत उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।