Logo कार्तिक १२, २०७७ बुधबार


सेवाको नाममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ठगी, एटिएम शुल्क नै पच्चीस सय रुपैयाँ !

काठमाडौं । धेरै मानिसलाई लाग्दो हो, स्ट्याण्डर्ड चार्टर्ड बैंक भनेपछि अन्तर्राष्ट्रिय बैंक नै हो । यसले दिने सेवा र सुविधा पनि स्ट्याडर्ड र अन्तर्राष्ट्रिय स्तरको नै हुन्छ । तर यस बैंकले दिने सेवा अन्तर्राष्ट्रिय स्तरको छ कि छैन त्यो त ग्राहकको अनुभवले नै बताउला, तर यस बैंकले लिने शुल्क भने अन्तर्राष्ट्रिय स्तरकै छ । बैंकले जारी गरेको एसटिसी अर्थात् स्ट्याण्डर्ड ट्यारिफ एण्ड चार्जेज हेर्ने हो भने यस बैंकले ग्राहकबाट अत्याधिक शुल्क लिने गरेको भेटिएको छ ।

एटीएम कार्डको २ हजार ५ सय रुपैयाँ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम कार्ड सेवामा अन्य कुनै बैंकको भन्दा थप विशेषता भने छैन । कार्डबापत बैंकले दिने थप सेवा पनि केही छैन । आफ्नो खातामा रहेको रकम नै निकाल्ने हो । तर पनि यस बैंकको एटीएम कार्ड सेवा शुल्क ज्यादै महङ्गो छ । एटिएम कार्ड लिन पनि २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । यो शुल्क ५ वर्षका लागि दिइएको कार्डबापत एकैपटक लिइने शुल्क हो ।

बैंकले अधिकांश ग्राहकलाई एकैपटक ५ वर्षको रकम तिर्न आग्रह गर्दछ । केही नभनेको खण्डमा बैंकले ग्राहकको खाताबाट स्वतः कार्डबापतको रकम एकैपटक काट्छ । तर कार्डको शुल्कको सम्बन्धमा ग्राहकले एकैपटक नतिरेर वार्षिकरुपमा तिर्न चाहेका बैंकले ग्राहकसँग प्रतिवर्ष ५ सय रुपैयाँ लिने गरेको छ ।

अर्काे तथ्य के छ भने, बैंकको एउटा एटीएम कार्ड छपाईका लागि अधिकतम ८५ रुपैयाँसम्म पर्छ । तर बैंकले ग्राहकसँग एटीएम कार्डमा पनि अत्याधिक नाफा लिने गरेको छ ।

जब की नेपालमा सञ्चालित अधिकाँश बैंकको एटीएम कार्ड लिएवापत वार्षिक शुल्क ३ सय रुपैयाँ हाराहारी मात्रै छ । तर स्ट्याण्डर्डले बढी शुल्क लिएर एटीएम कार्ड जारी गरिरहेको छ ।

पहिलोपटक कार्ड जारी गर्दा धेरै शुल्क लाग्ने मात्रै होइन, यो कार्ड हराएमा वा बिग्रिएमा पनि ग्राहकले महङ्गो शुल्क तिर्नुपर्छ । स्ट्याण्डर्डको एटीएम कार्ड हराएमा वा बिग्रिएमा ५ सय रुपैयाँ नै तिरेर नयाँ कार्ड बनाउनुपर्छ । तर नयाँ कार्ड बनाउन मात्रै शुल्क लाग्दैन, तत्कालका लागि कार्ड ब्लक गर्नु परेको खण्डमा समेत ग्राहकले ५ सय रुपैयाँ तिर्नुपर्छ ।

वार्षिकरुपमा शुल्क तिरेका ग्राहकलाई दोस्रो वा तेस्रो वर्षदेखि स्ट्याण्डर्ड चार्टड बैंकको एटीएम कार्ड चलाउन मन लागेन भनेपनि उसले ५ सय रुपैयाँ तिरेर मात्रै सरेन्डर गर्न पाएछन् ।

अहिले नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएम कार्ड जुनसुकै बैंकको एटीएम बुथबाट कारोबार गरे पनि शुल्क नलाग्ने गरी निर्देशन जारी गरेको छ । आम ग्राहकले यसमा खुसी मनाइरहँदा स्ट्याण्डर्ड चार्टड बैंक भने दुखी देखियो । केन्द्रीय बैंकको निर्देशन मान्न स्ट्याण्डर्ड बाध्य भएपनि त्यो संधै सम्भव नभएको र यसले एटीएम बुथ राख्नै नसकिने अवस्था आउने बिजनेश ब्याङ्किङ प्रमुख दिवाकर पौडेल बताउछन् ।

तर नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने जुनसुकै बैंकको कार्ड जहाँ प्रयोग गरेपनि शुल्क नलाग्ने गरीगरेको निर्णय ंसंधैका लागि कार्यान्वयनमा लैजाने संकेत गर्दै बैंकहरुले त्यो स्वीकार गर्नुपर्ने बताए ।

क्यास विथड्रयल स्लिपकै २५० रुपैयाँ

कुनै कारणबस तपाईले घरबाट चेकबुक ल्याउन बिर्सनुभयो तर तपाईलाई आफ्नो खातामा रहेको रकममध्ये २ लाख रुपैयाँसम्म झिक्नु छ भने बैंकमा पुगेर विथड्रयल स्लिपबाट पनि झिक्न सक्नुहुनेछ । यो सेवा सबै बैंकमा उपलब्ध छ ।

तर स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकले भने अन्य बैंकमा भन्दा दोब्बर बढी शुल्क तिरेर विथड्रयल स्लिप लिनुपर्ने व्यवस्था छ । अहिले विथड्रयल स्लिपको शुल्क अधिकांश बैंकमा १ सय रुपैयाँ रहेको छ । अझ कतिपय बैंकले यसअघि नै विथड्रयल स्लिपको शुल्क लिन छाडेका छन् ।

नेपाल राष्ट्र बैंकले केही समय अगाडि मात्रै जारी गरेको निर्देशिकामा विथड्रयल स्लिपबाट भुक्तानी गर्दा शुल्क नलिन भनेको छ । कोरोनो भाइरसको त्रासका कारण बैंकिङ सेवालाई प्रभावकारी बनाउन र ग्राहकलाई थप आर्थिक भार पर्न नदिन भन्दै राष्ट्र बैंकले यस्तो निर्देशिका ल्याएको थियो । तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले अहिले पनि विथड्रयल स्लिपबाट भुक्तानी गर्दा एउटै स्लिपको २ सय ५० रुपैयाँ लिने गरेको छ ।

एउटा सानो कागजको टुक्राको मूल्य कति पर्ला ? अधिकतम १५ पैसा पर्ला । तर स्ट्याण्डर्ड चार्टड बैंकले भने ग्राहकले घरमै चेकबुक छाडेको वा भुलेको कारण आफ्नै खातामा रहेको रकम निकाल्दा पनि विथड्रयल स्लिपको नाममा २ सय ५० रुपैयाँ शुल्क लिने गरेको हो ।

नेपालमा खुलेका सबै बैंकहरु नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नीति र निर्देशनभित्र रहेर चल्छन् । तर खुल्ला बजार अर्थनीति भन्दै राष्ट्र बैंकले शुल्कमा कडाई नगर्दा बैंकहरुले आफूखुशी शुल्क लिने गरेका छन् । जसको प्रत्यक्ष मार भने आम ग्राहकलाई पर्ने गरेको छ ।

हेर्नुहोस् पूरा भिडियोसहितको कार्यक्रम ‘बाइलाइन’

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।