Logo कार्तिक १५, २०७७ शनिबार


अफगानिस्तानमा सवारी दुर्घटना : बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । हेरात कान्दाहार राजमार्गमा बिहीबार बिहान भएको दुर्घटनामा बालबालिकासहित १० जनाको मृत्यु भएको हो ।

हेरात प्रान्तकाे सरकारका प्रवक्ताका अनुसार विपरीत दिशाबाट आइरहेका दुई सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना पुरुष, तीन जना महिला र दुई जना बालबालिकाको ज्यान गएको छ । बसमा सवार अन्य केही यात्रु घाइते भएको समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।