Logo कार्तिक १३, २०७७ बिहीबार


काँग्रेस केन्द्रीय समिति सदस्यहरुको पीसीआर परीक्षण अनिवार्य

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि सबै नेताहरुको कोरोना परीक्षण गरेको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेसले कोरोना परीक्षणका लागि स्वाव दिन पार्टी कार्यालय सानेपा पुगेका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेको हो । कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएकाले त्यसअघि सवै नेताहरुको कोरोना परीक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने बताउनुभयो । नेता सिटौलाले यस पटकको बैठकमा कार्यबिधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।

केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ ।

त्यस्तै बैठकमा नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।