Logo कार्तिक १२, २०७७ बुधबार


युवराज खतिवडा राजदूतमा सिफारिस भएपछि शेयर बजारमा उत्साह

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उत्साह देखिएको छ ।

विहीवार बजार परिसूचक नेप्से २०.६१ अंकले बढेर १५७१.०४ अंकमा बन्द भएको छ । यता कारोबार रकम पनि करिब ३ अर्ब पुगेको छ ।

विहीवार नेप्सेमा १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ७७ लाख ८ हजारको कारोबार भएको छ । ४७ हजार ०३२ वटा कारोबारमा उक्त रकमको सेयर किनबेच भएको छ ।

निवर्तमान अर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेसँगै सेयर बजारमा सकरात्मक प्रभाव परेको हो ।

भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाउने निर्णयपछि केही निराश भएका सेयर लगानीकर्ताहरु खतिवडा अमेरिकाका लागि राजदूतमा सिफारिस भएसँगै करिब २ सातायता करेक्सन देखिएको सेयर बजारमा विहीवार एकाएक उछाल देखिएको छ ।

नेप्से २० अंक वृद्धि भएर १५७० अंक नाघेको छ । बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।