Logo कार्तिक ११, २०७७ मंगलबार


जनतासमाचार प्रभाव : मैथिली भाषाकाे पाठ्यसामग्री संशाेधन गरिने

शिव अधिकारी यदुवंशी

काठमाडाैं । पाठयक्रम विकास केन्द्र सानोठिमीले मैथिली मातृभाषा आधारभूत तहको कक्षा १ को पुस्तकहरुलाई संशोधन गर्ने भएको छ । पाठ्यसामग्रीमा त्रुटी भएकाे समाचार जनातासमाचार डट्कमले प्रकाशन गरेपछि केन्द्रले पाठ्यसामग्री संशोधन गर्न लागेको हो ।

पाठयक्रमसँग सम्बन्धित भाषाका विज्ञ नहुँदा लेखकहरुका कारण समस्या हुने गरेको पाठयक्रमले ठहर गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) को सहयोगमा नेपाल पाठयक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकमा व्यापक त्रुटीहरू भेटिएपछि पाठयक्रम विकास केन्द्र सानोठिमीले मैथिली मातृभाषामा प्रकाशित पाठ्यसामग्रीहरुको संशोधन गर्ने तयारी गरेकाे छ । नेपाल पाठयक्रम तथा पछिल्लो समय आधारभूत तहको कक्षा १ को पाठ्यसामग्रीमा पानैपिच्छे त्रुटीहरु फेला परेको समाचार जनतासमाचार डट्कमले प्रकाशन गरेपछि केन्द्रले पाठ्य सामग्रीहरुका विषयमा विज्ञहरुसँग पुनः छलफल गरी संशोधन गर्ने बताएकाे छ।

मैथिली भाषाको व्याकरण नरहेको खण्डमा उक्त भाषाको साहित्य एवम् प्रकाशन अन्य आधिकारिक पुस्तकलाई अधार मानेर नै पुस्तक निर्माण हुने गरेको छ । मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मैथिली भाषामा एकअर्काले बोलिने भाषा स्वीकार नगरेको र कुनै निश्चित जात समूदायको हाली–मुहाली रहेका कारण पनि समस्या हुने नेपाल प्रज्ञा प्रतिष्ठानको ठहर छ । प्रतिष्ठानले जानकार भन्दा पनि पहुँचवालाले आफ्नो पहुँचको आधारमा पुस्तक निर्माण गर्दा गम्भीर त्रुटी भइरहेको बताएको छ ।

विसं. २०४९ देखि नै सरकारले मातृभाषामा अध्ययन अध्यापन हुने व्यवस्था गरेको थियो । विसं. २०५२/०५३ पहिलो पटक मैथिली भाषामा पुस्तक परीक्षण गरिएको थियो भने त्यसयता मैथिली भाषाको पाठ्यपुस्तकहरु प्रकाशन हुँदै आइरहेको छ । तर मैथिली भाषामा पाठ्यसामग्री निर्माण भएको २५ वर्ष भइसक्दा पनि प्रायः पुस्तकमा कुनै न कुनै गम्भीर त्रुटी भेटिनु भनेको विज्ञमाथि नै प्रश्न खडा  हुनु हाे ।

मातृभाषाको पाठ्यसमाग्री निर्माणमा राज्यको करौडौं लगानी छ, तर यस्ता किसिमको समस्याले राज्यको लगानी खेर त गइ नै रहेको छ, अर्को तर्फ विद्यार्थीको भविष्यमाथि पनि खेलबाड भइरहेको छ ।

याे पनि पढ्नुहाेस् :

मैथिली पाठ्यक्रममा गम्भीर त्रुटी, बेखबर छन् सरोकारवाला

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।