Logo कार्तिक १३, २०७७ बिहीबार


रानीपोखरीको मन्दिरमा ३३ तोला सुनको गजुर

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरको गजुरमा ३३ तोला सुनको जलप लगाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विहीवार बिहान ८ बजेको साइतमा मन्दिरलाई शोभायमान बनाउन राखिएको गजुरमा ३३ तोला सुनको जलप लागेको बताइएको छ ।

मन्दिरमा मुख्य गजुर र मन्दिरको चार दिशामा चारवटा साना गजुर हालिएका छन्। प्राधिकरणका सह–सचिव भरत अर्यालका अनुसार मुख्य गजुर छ फिट १० इन्च अग्लो छ। यसमा १२३ किलो तामा प्रयोग गरिएको छ भने त्यसमाथि सुनको जलप लगाइएको छ। साना गजुरहरू ३.३३ किलोका छन्।

सुनको जलप लगाउन ३२.७४ तोला सुन प्रयोग गरिएको अर्यालले जानकारी दिनुभये । त्यसमध्ये २५ तोला मुख्य गजुरमा प्रयोग भएको छ भने बाँकी ७.७४ तोला सुन चारवटा गजुरमा हालिएको छ।

प्रताप मल्लकालीन ‘ग्रन्थकुट’ अर्थात् ‘शिखर’ शैलीमा बनेको यो मन्दिरका लागि प्राधिकरणले नयाँ गजुर बनाएको हो।

नयाँ गजुर पाटनको चक्रबहीका कालिगढहरूले निर्माण गरेका हुन्। विनोद शाक्यको नेतृत्वमा कपिल ताम्राकार, श्याम श्रेष्ठ, रवि बज्राचार्य, कृष्ण तिमल्सिना र प्रताप महर्जन गजुर बनाउन संलग्न रहेको अर्यालले जानकारी दिनुभयो ।

सुन किन्न प्राधिकरणले रकम उपलब्ध गराएको उहाँले बताउनुभयो । जलप लगाउने बेला सुन दुरुपयोग नहोस् भनेर पुरातत्व, प्राधिकरण, प्रहरी, उपभोक्ता समितिका प्रतिनिधि लगायतको अनुगमन टोली गठन गरिएको थियो।

उनका अनुसार गजुर बनाउन २० दिन लाग्यो। यसबीच कालिगढहरू रातदिन खटिएका थिए। सुनको जलप लगाउन थप ५ दिन लागेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।