Logo कार्तिक ११, २०७७ मंगलबार


डा. केसीका माग पूरा हुने चरणमा, सत्याग्रह त्याग्न आग्रह

काठमाडाैं । सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नु भएका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोडन आग्रह गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्याग्रहमा बस्नु भएका डा. केसीले राख्नुभएका चिकित्सा शिक्षा सुधारको सबै माग पूरा हुने चरणमा रहेकोले सत्याग्रह तोड्न आग्रह गर्नुभएको हो ।

डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिनदेखि जुम्लाबाट सत्याग्रह शुरु गर्दै अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा रहनुभएको छ । मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो । डा. केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी ऐन बनाई त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरु खोल्न राखेको माग अनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताउनुभयो । अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उहाँले बताउनुभयो ।

पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाई हालसम्म १० लाख बढीको परीक्षण भइसकेकाले कोभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।