Logo कार्तिक ११, २०७७ मंगलबार


कार बम आक्रमणमा नाै जनाको मृत्यु

काठमाडाैं । दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार बम आक्रमणमा नाै जनाको मृत्यु भएको छ । सैनिक पोष्टलाई लक्षित गरी भएको आक्रमणमा चार सर्वसाधारणसहित नाै जनाको मृत्यु भएको अफगानिस्तानका अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा भएको आक्रमणमा एक बालकसहित तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । आक्रमणकारीहरुले चौकीलाई निशाना बनाएर कार बम विष्फोट गराउँदा अर्को सवारीमा यात्रा गरिरहेका सर्वसाधारण परेका थिए । मृत्यु हुनेमा २ महिला समेत रहेका छन् ।

घटनाको अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन । हेलमन्ड प्रान्त अन्तर्गत पर्ने सो क्षेत्र तालिवानहरुको पकड क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।