Logo कार्तिक ११, २०७७ मंगलबार


विद्यालय खोल्न हतार नगर्न प्रशासनको चेतावनी

काठमाडौं । सरकारले विद्यमान परिस्थितिमा विद्यालय नखोल्न सचेत गराएको छ ।

आफू खुशी विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो ।

अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गरे कारबाही हुने उहाँले बताउनुभयो ।

प्रशासनले उपत्यकामा लागू गरिएको जोरविजोर प्रणालीलाई पनि कडाइका साथ कार्यान्वय गर्न ट्राफिक प्रहरी महाशाखा र प्रहरीलाई निर्देशन दिइएको छ । विहीवार काठमाडौं उपत्यकामा मात्र ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स