Logo असार १, २०७८ मंगलबार


कोरोना संक्रमितकाे मनोबल बढाउने अभियानमा घरघरमै जनप्रतिनिधि

अभिषेक सापकोटा
काठमाडौं । चुनाव जितेपछि फर्किएर आउँदैनन् भन्ने जनगुनासोलाई तोड्दै जनप्रतिनिधिहरु सर्वसाधारणको घरमा पुग्न थालेका छन् । काठमाडौं उपत्यकामै कोरोना संक्रमित बढ्दै गएपछि जनप्रतिनिधिहरु संक्रमितको घर–घरमा पुगेर मनोबल बढाउने अभियानमै जुट्न थालेका हुन् ।

पछिल्लो समय जनप्रतिनिधिहरु जनताका गुनासोप्रति सजग हुन थालेका छन् । चुनाव जितेर गएपछि फर्किँदैनन् भन्ने गुनासो बढिरहेकै बेला काठमाडौं महानगरपालिका वडा नम्बर १४ का जनप्रतिनिधिले आफू पनि बचौं अरुलाई पनि बचाउँ भन्ने अभियान शुरु गरेका छन् । यस्तैमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष शोभा सापकोटा कोरोना संक्रमितको घरघरमै पुगेर समस्या सुन्ने, संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र मनोबल बढाउने अभियानमा जुट्नु भएको छ ।

अभियान अन्तर्गत सोपकोटाले शुक्रबार आफ्नो वडामा रहेका २२ जना संक्रमितको घरमा पुगेर आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै हौसला समेत दिनुभयो ।

अभियान अन्तर्गत अतिविपन्न परिवारलाई पनि सहयोग गर्दै जाने वडा अध्यक्ष सापकोटाको योजना छ । अभियानलाई स्थानीय, संघ संस्था, समूह, स्वस्थ्यकर्मी, महिला स्वयंसेविका सबैले साथ दिई रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा हालसम्म ५ सय १० जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने ३ सय ५ जना उपचारपछि निको भइसकेका छन् । हाल २ सय २ जना संक्रमित उपचाररत् छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…