Logo माघ ९, २०७७ शुक्रबार


हिंसा न्यूनिकरणका लागि कानूनको कार्यान्वयनमा जोड

हुमाकान्त पोखरेल
गुल्मी । अधिकारकर्मीहरुले महिला हिंसा न्यूनिकरणका लागि भएका कानूनको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । दलित महिला संघद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक समाज, मानव अधिकार, दलित महिला अधिकारकर्मी लगायतका अधिकरकर्मीहरुले कानूनको कडाइका साथ कार्यान्वयन गरेमा महिला हिसांमा कमी आउने बताएका हुन् ।

‘कानूनको फितलो कार्यान्वयनको कारण महिला हिँसा, बलात्कार, घरेलु हिँसा लगायतका घटनाहरुमा बृद्धि भइरहेको छ ।’ मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष हिरा कुँवरले भन्नुभयो, ‘कतिपय अवस्थामा प्रहरीले मुद्दासमेत दर्ता गर्न अटेरी गर्दा पीडितलाई थप पीडा थपिएको छ ।’ कतिपय घटनाहरु गाउँमै मेलमिलाप गर्ने प्रचलनले पनि दोषी उम्कन पाउने भएकाले जस्तोसुकै दोषीलाई पनि कानूनी दायरामा ल्याउनुपर्नेमा उहाँकाे जाेड थियाे ।

सुशासन अभियानका प्रतिनिधि विनोद पाण्डेले बलात्कारपछि हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डकै सजाय हुनुपर्ने धारणा राख्नुभयाे । ‘घटना विषेश हेरेर कानूनको निर्माण गरिनुपर्छ ।’ उहाँले भन्नुभयाे, ‘घटनाको प्रमाण जुटाउने निकाय पनि गहिराईसम्म पुगेर अध्ययन गर्नुपर्छ ।’

रेसुङ्गा नगरपालिका–२ की सरिता सुनारले सवारी साधनमा यात्रा गर्दा पनि महिलाहरु असुरक्षित रहेको, समाजमा जातीय छुवाछुत कायम रहेको जस्ता कारणले सिङ्गो समाज पछाडि परेको धारणा राख्नुभयो ।

दलित महिला संघ गुल्मीकी अध्यक्ष कमला बरालले अन्य देशमा भन्दा नेपालमा राम्रो कानून भएपनि कार्यान्वयन हुन नसक्दा महिलाहरु हिंसा सहन बाध्य भएको बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले महिला हिंसा न्यूनिकरणका लागि नगरपालिकाले आवश्यक बजेट बिनियोजन गर्ने बताउनुभयो । समग्र महिलाहरुको प्रगतिमा आफूखुशी हुने भन्दै उहाँले महिलाहरुका लागि नगरपालिकाले जस्तो योजना ल्याउन तयार रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति सदस्य उमा चुदाँराले जातीय छुवाछुत, महिला तथा घरेलु हिंसा लगायतका समाजमा रहेका समस्याहरु समाधान गर्न एक्लो प्रयासले सम्भव नहुने भएकाले सामुहिक सहकार्यका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ…