Logo ८ असार २०७८, मंगलवार


गगन थापासहित कांग्रेसका ४ केन्द्रीय सदस्यलाई कोरोना

काठमाडौं। पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका ४ जना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो । १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।

शनिबार आएको रिपोर्टमा केन्द्रीय सदस्य थापा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएको हो । १५ जना केन्द्रीय सदस्यको पुनः परीक्षण गरिने भएको छ भने केहीको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमण पुष्टि भएपछि थापा र केसीले होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…