Logo ८ असार २०७८, मंगलवार


कोरोनाबाट विश्वभरका १० लाख ३८ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा मृत्यु हुनेको संख्या १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । अमेरिकामा सङ्क्रमितको संख्या ७६ लाख नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजारको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । भारतमा ६५ लाख ४९ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख एक हजार ९ नौ सय ६० जनाको मृत्यु भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…