Logo बैशाख २, २०७८ बिहीबार


चार महिनाको आम्दानीले वर्ष दिनको खर्च टार्दै

भगीरथ भण्डारी
इलाम । इलाम र पाँचथरको संगम स्थलमा रहेको फिदिम नगरपालिका–१४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन् । चार महिनामा उत्पादन भएको आलु, काउली र मुलाको आम्दानीले नै वर्ष भरीको घरखर्च चलिरहेको छ ।

उनले उत्पादन गरेका तरकारी स्थानीय व्यापारीमार्फत तराई र भारतसम्म पुग्ने गर्दछ । उनले यस वर्ष एक लाख भन्दा बढीको आलु र
कोपी बेचीसकिन भने मुला खन्ने तयारीमा छन् ।

सुकेपोखरीकी रञ्जु राई पनी तरकारीबाट भएकै आम्दानीले घर खर्च चलाउँछिन् । अस्मीता जस्तै रञ्जुको पनि आलु, कोपी र मुलाबाट भएको आम्दानीले नै घर खर्च चलाउने गरेकी छन् । असार महिनादेखि कातिक महिनाको समयमा उत्पादन गरेको तरकारीले घरमा आवश्यक पर्ने सबै खर्च पुर्याउनु पर्ने हुन्छ । यस वर्ष उनले ६० हजार भन्दा बढीको आलु र कोपी बेचिसकिन भने मूला खन्ने तयारीमा छन् ।

अस्मिता र रञ्जु प्रतिनिधि पात्र मात्र हुन् । सुकेपोखरी क्षेत्रमा बसोबास गर्ने सबैको दैनिकी चार महिनाको आम्दानीले चलिरहेको हुन्छ । त्यहाँ जम्मा नौ वटा घर रहेका छन् । ती सबै घरको मुख्य आम्दानी भनेको तरकारी खेतीनै हो । कात्तिक महिना पछि हिउँ पर्ने हुँदा चार महिना मात्र तरकारी उत्पादन हुने गर्दछ । गत वर्षको तुलनामा उत्पादन भएको आलुले मूल्य पाएका कारण उनीहरु सन्तष्ट छन् । प्रतिमन ३५ सय रुपैयाँदेखि ४० हजार रुपैयाँ सम्ममा आलु बिक्री भएपछि सन्तुष्ट रहेका छन् ।

यस क्षेत्र गाईवस्तु चरनका लागि फराकिलो ठाउँ रहेको हुँदा गाईको दुधबाट पनि आम्दानी हुने गर्छ । सडकको समस्या पौवा भञ्ज्याङदेखि पाँच किलोमिटर कच्चि सडक भएका कारण समस्या भएको छ । वर्खाको समयमा नै तरकारी उत्पादन हुने र पानी परेपछि सडक बिग्रिएका कारण पनि समस्या हुने गरेको स्थानीय बताउँछन् । वर्खाको शुरुमा दुखले ट्याक्टर सम्मत पुग्छ ।

पानी पर्न थालेपछि सडक भत्किने र खाल्डाखुल्डी पर्न थालेछि समस्या हुने गरेको उनीहरु बताउँछन । बर्खाको समयमानै तरकारी उत्पादन हुने र ट्याक्टर समेत नपुग्ने भएकाले त्यहाँ उत्पादन भएको तरकारी घोडा र मान्छेले बोकेर पौवा भञ्ज्याङ निकाल्ने गरेका छन् । पौवाबाट जम्मा पाँच किलोमिटर मात्र सडक भएपनि कच्चि सडक हुँदा बर्खाको समयमा समस्या हुने गरेको स्थानीयको भनाइ छ ।

स्तरोन्नतीमा चासो यँहा उत्पादन भएका तरकारी बजारसम्म ल्याउन समस्या भएको र सुकेपोखरी क्षेत्र पर्यटकीय क्षेत्र भएका कारण सडक स्तरोन्नतीका लागि सरकारी चासो देखिएको छ । यस क्षेत्रको विकासको लागि बजेट विनियोजन भइसकेको छ । पौवा भञ्ज्याङ सुकेपोखरी सडक स्तरोन्नतिमा ४० लाख रुपैयाँ, चिसापानी, सुकेपोखरी, इलाम देउराली सडक निर्माणमा चार लाख रुपैयाँ विनियोजन भएको सुकेपोखरी लुहाकिल मञ्चका सचिव सुरेस वान्तावाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटकीय क्षेत्रको विकासका लागि पनि रकम विनियोजन भएको छ । लुहाकिल भ्यू पोईन्ट निर्माणमा प्रदेश सरकारको ३५ लाख, लुङमादेन पोखरी संरक्षणमा स्थानीय सरकारको एकलाख ५० हजार रुपैयाँ र बत्तीसे झरनाका लागि पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ ।’

यस क्षेत्र होमस्टे अवधारण अनुरुप पर्यटक आकर्षित भएका कारण त्यहाँ पर्यटन आवास गृह, सामुदायिक भवन, होमस्टेमा सोलार प्यानलका साथै स्वास्थ्य र सुरक्षाको समस्या रहेको वान्तवा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।