Logo ८ असार २०७८, मंगलवार


जिल्ला प्रशासनमा सेवाग्राहीको चाप, कोरोनाको जोखिम बढ्यो

विद्यानन्द राम
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीको चाप बढेसँगै कोरोनाको जोखिम पनि बढेको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दिा थप कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट थप सतर्कता सहितको विशेष समय तालिकामार्फत सेवा दिन थालिए पनि सेवाग्राहीको चाप बढेको छ । एक दिनमा बढीमा तीन वटा स्थानीय तहको कार्य सम्पादन शुरु गरिएपनि कार्यालयमा अत्याधिक भिडभाड बढेको हो ।

दैनिक एक हजारसम्म आउने गरेका सेवाग्राहीको भिडभाडलाई व्यवस्थित गर्न नसक्दा सेवाग्राहीलाई समस्याका साथै थप कोरोना संक्रमणको जोखिम बढेको छ । कोरोनाबाट जोगिनका लागि भौतिक दुरी र अनिवार्य मास्कको प्रयोग गरेर सेवा लिन आउनुपर्ने र कार्यालयले पनि स्वास्थ्य मापदण्डको पालना गर्न–गराउनतर्फ ध्यान पर्याएर सेवा प्रवाह गर्नु पर्ने थियो । तर कार्यालयले स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ ध्यान नदिँदा संक्रमणको जोखिम बढेको हो ।

उता कार्यालयले कोभिड–१९ का कारण एक जना कर्मचारीको मृत्यु भइसकेको र एक प्रशासकिय अधिकृतसहित केही कर्मचारीहरु संक्रमित भइसकेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न समस्या भइरहेको
जनाएको छ ।

कार्यालयले असोज ११ गतेदेखि थप सतर्कतासहितको विशेष समय तालिकामार्फत नयाँ र प्रतिलिपि नागरिकता सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । तालिकाअनुसार आइतबार र सोमबार ३–३ वटा, मंगलबार, बुधबार र विहीबार २–२ तथा शुक्रबार एक वटा स्थानीय तहको कार्य
सम्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…