Logo मंसिर १२, २०७७ शुक्रबार


पछिल्लो २४ घण्टामा २४४० संक्रमित थपिए, ११३३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार सात सय ८१ जनामा गरिएको परीक्षणमा दुई हजार चार सय ४० जनामा कोरोना पुष्टि भएको हो ।

हाल देशभर २३ हजार पाँच सय सात जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा एक हजार एक सय ३३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या ६५ हजार दुई सय दुई जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज संस्थागत आइसोलेसनमा ११ हजार एक सय ५१ जना संस्थागत आइसोलेसनमा छन् भने १२ हजार तीन सय १६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो । आज काठमाडौं उपत्यकामा एक हजार पाँच सय ३१ जनामा कोरोना पुष्टि भएको छ भने देशभर क्वारेन्टाइनमा रहनेको संख्या चार हजार ३३ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…