Logo कार्तिक १४, २०७७ शुक्रबार


राेकिएका सबै तहका परीक्षा सञ्चालन गर्न सरकारकाे स्वीकृति

काठमाडाैं । कोरोना भाइरसको त्रासका कारण रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ ।  बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि स्वीकृति दिएको बताउनुभएकाे हाे ।

मन्त्री ज्ञवालीले परीक्षा सञ्चालनका लागि सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने बताउनुभयो । मन्त्री ज्ञवालीले शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय भएको पनि बताउनुभयो ।

यस्तै, राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने  तथा २५ जनासम्स उपस्थित भएर गरिने व्यावसायिक तालिम दिने निर्णय भएकाे उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।