Logo फाल्गुन २१, २०७७ शुक्रबार


सडेकाे मासु बिक्री गर्ने पसल कारबाहीमा

काठमाडौं । मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले कारबाही गरेकाे छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासु पसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाईएको थियो । उक्त मासु अनुगमनमा गएको टोलीले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुज्रेकाे मसला समेत पाइएको छ ।

महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताउनुभयो । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएका बमले बताउनुभयो ।

महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकाले सचेत गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।