Logo कार्तिक १४, २०७७ शुक्रबार


विश्वको सबैभन्दा छिटो र महँगो हुलाक सेवा ‘मिसाइल मेल’

एजेन्सी । विश्वको सबैभन्दा छिटो हुलाक सेवा सन् १९५९ मा भएको थियो । उक्त सेवा यति तीव्र थियो कि मात्र २२ मिनेटमा १ हजार १ किलोमिटर यात्रा गरेर गन्तव्यमा पुगेको थियो । उक्त हुलाक सेवालाई ‘मिसाइल मेल’ का रुपमा चिनिन्छ । अर्थात उक्त मेल मिसाइलको माध्यमबाट पठाइएको थियो ।

हुलाक सेवामा यस्तो विचित्रको प्रयोग सन् १९५९ मा यूएस पोस्टल सर्भिस (यूएसपीएस) ले गरेको थियो ।

यूएसपीएसले क्रुज मिसाइलमा चिठीपत्र र पार्सल भरेर ‘मिसाइल मेल’ पठाएको थियो । मिसाइल २२ मिनेटमा १ हजार १ किलोमिटर यात्रा गरेर गन्तव्यमा पुगेको थियो ।

विष्फोटक पदार्थ बोक्ने मिसाइलमा चिठीपत्र र पार्सलका कन्टेनर भरिएका थिए । त्यतिबेला डाक सेवा प्रमुख आर्थर ई। समरफिल्डले उक्त घटना सिंगो संसारका लागि ऐतिहासिक भएको बताएका थिए । ‘मान्छे चन्द्रमामा पुग्नुअघि नै मिसाइलमार्फत चिठीपत्र अमेरिकाबाट ब्रिटेन, भारत र अस्ट्रेलियामा पठाउन सकिनेछ,’ उनले भविष्यवाणी गरेका थिए ।

तर, मिसाइल मेल सार्वजनिक प्रयोजनमा भने आएन । अमेरिकी रक्षा विभागले मिसाइल मेलको प्रयोगलाई अमेरिकी मिसाइल क्षमताको अनावश्यक प्रदर्शन ठान्यो । यसको खर्च धान्नै नसकिने महँगो भएकाले मिसाइल मेल केवल एउटा प्रयोगमा सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।