Logo मंसिर १४, २०७७ आइतबार


लागूऔषधसहित दुई जना पक्राउ

दाङ । गढवा गाउँपालिकामा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गढवा–१ धानखोलास्थित सडकबाट चार ग्राम तीन सय ८० मिलिग्राम अवैध लगूऔषध ब्राउनसुगर सहित बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँ बस्ने २१ वर्षीय गणेश रोका र २३ वर्षीय रमेश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा.१ प ४०५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनार र मोटरसाइकल सवार रोकालाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'