Logo मंसिर १०, २०७७ बुधबार


यी १२ देशका नागरिक जापान जान पाउने

काठमाडौं । जापानले अर्को नोभेम्बरदेखि १२ देशका नागरिकलाई यात्रा अनुमति दिने भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई जापान सरकारले खुला गरेको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका एक सय ५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान आउनुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनु पर्नेछ । त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

शुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या विस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…