वडाध्यक्ष न्यौपानेको निधन

दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका लागि ल्याउने क्रममा शुक्रबा बिहान उहाँको निधन भएको हो ।
बिहान साढे १० बजे बाटोमौ उहाँको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभयो । नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो ।
यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गर्नुभएको छ ।