Logo कार्तिक ११, २०७७ मंगलबार


बजारमा किनमेल गर्नेकाे ठेलमठेल भीड, काेराेनाले भयावह बन्दै काठमाडाैं

काठमाडाैं । नेपालमा बिहीबार कोरोना भाइरसबाट ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। यीमध्ये आधाभन्दा बेसी २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका छन्। पछिल्लो १० दिनमा कोरोना संक्रमण झन्डै तेब्बरले बढेको हो। जब कि यही असोज १३ गते ९ सय ३४ जना संक्रमित भएका थिए। यसले झन्डै ५० लाख व्यक्तिको बसोबास रहेको उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह उन्मुख देखाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना संक्रमित थपिएको जानकारी दिए। यही दरमा संक्रमण बढे उपत्यकाका अस्पतालमा शय्या र भेन्टिलेटर अभाव हुने देखिएको छ। प्रवक्ता डा। गौतमका अनुसार उपत्यकाका अस्पतालमा आईसीयू शय्या १ सय ८१ उपलब्ध रहेकामा ४५।३ प्रतिशत भरिएको छ। आईसीयूका ८२ वटा शय्यामा संक्रमितको उपचार भइरहेको छ।

गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरको पनि अभाव हुने सम्भावना बढेको छ। ७६ वटा भेन्टिलेटर उपलब्ध रहेकामा २७ वटा संक्रमितको उपचारमा प्रयोग भएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा गौतमका अनुसार कोभिड अस्पताललाई पूर्ण तयारी अवस्थामा राखिएको छ। आकस्मिक उपचारका लागि चौबीसै घण्टा सेवा खुला गरिएको छ। यद्यपि, जटिल अवस्था नहुँदासम्म घरमै बस्न मन्त्रालयले आग्रह गरेको छ। ‘लक्षणविहीन वा सामान्य लक्षण भएका संक्रमितलाई तोकिएको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न अनुरोध गर्दछु’, उनले भने।

मन्त्रालयले घरमा बस्न सम्भव नभए टोल फ्रि नम्बर ११३३ मा सम्पर्क गर्न आग्रह गरेको छ। स्वास्थ्यमा कुनै समस्या आए तुरुन्तै अस्पतालमा गएर सेवा लिन अनुरोध गरिएको छ। थप सहयोग आवश्यक परे टोल फ्रि नम्बर ११२२ वा मोबाइल नम्बर ९८५१२५५८३७, ९८५१२५५८३९ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। आफ्नो वा परिवारको स्वास्थ्य अवस्थाबारे शंका वा चिन्ता लागे वा परामर्श चाहिए ११६६ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले चाडबाडका निहुँमा सुरक्षा मापदण्ड नअपनाउँदा संक्रमणदर बढेको बताए। ‘बजार क्षेत्रमा भौतिक दूरी पालना नै भएको देखिँदैन’, डा मरासिनीले भने, ‘किनमेल गर्नेहरू ठेलमठेल गरेको देखिन्छ।’ दिनेश गाैतमले अन्नपूर्ण पाेष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स