Logo ८ असार २०७८, मंगलवार


पशु सेवा विज्ञ केन्द्रको बजेट दश करोड

बागलुङ/पर्वत । बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपंक्षी तथा मत्स्य कार्यक्रमका लागि दश करोड रुपैयाँ खर्च हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो ।

केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपियाँ प्रशासनिक तथा उपभोग खर्च र आठ करोड ८८ लाख ९० हजार पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिनुभयो ।

पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन, मेसिनरी औजार, कार्यालयका फर्निचर तथा सामग्री खरिद बाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रित भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा केन्द्रले साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपंक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैंसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणका लागि अनुदान वितरण गरिने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…