Logo मंसिर ११, २०७७ बिहीबार


कथा : मास्कभित्रकाे अनुहार र एकतर्फी प्रेम

म त्यो समयको कल्पना गर्न सक्दिन । म त्यो कालो समय मस्तिष्कबाट हटाउन चाहन्छु । तर त्यो समयले मलाई निकै पोल्ने र घोच्ने गर्दछ । मेरी रुपमतीको अनुहार हेर्न हरसेकेन्ड दिनझैँ बिताइरहेको समय नजिकिरहेका बेला बज्रपात भयो ।

-पुष्प भट्ट
बजार सुनसान थियो । हो ४० लाख जनसंख्याको बासस्थानका रुपमा रहेको काठमाडौं उपत्यका विगत केही दिनदेखि सुनसान थियो । मान्छेहरु मरिन्छ कि भन्ने डरले घरभन्दा बाहिर ननिस्केका कारण साँघुरा मानिएका काठमाडौंका सडक तन्किएको भान हुन्थ्यो ।
काठमाडौं मात्रै होइन, विश्व मानव समुदायको टाउको दुखाइको रुपमा देखा परेको कोभिड–१९ का कारण समग्र विश्व सुनसान थियो । घरबाहिर निस्केका मानिस पनि अनुहार लुकाएर मात्र बाहिर निस्कन्थे । यसकारण मलाई सबै मान्छे अपराधी जस्ता र सबै मान्छे साधु जस्ता लाग्ने गर्दथे ।

मानव समुदायका लागि संकटको विषय बनेको कोभिड–१९ केही क्षेत्रमा भने यसको सकारात्मकता देखिएको थियो । वरपरको वातावरण स्वच्छ भएको आभास त सजिलै गर्न सकिन्छ भने अन्य विभिन्न क्षेत्रमा समेत सुधारका संकेत देखिएको भनेर वैज्ञानिकहरुले भनिरहेका छन् ।
आम रुपमा कोरोनाको करहमा घरभित्र बन्दी जीवन बिताइरहेका मानिसको भन्दा मेरो कथा र व्यथा फरक रहेको छ । सरकारले घोषणा गरेको बन्दाबन्दी अर्थात् लकडाउनको सुरुवातदेखि नै कार्यालय जानुपर्ने बाध्यताका कारण नियमित रुपमा घर बहिर जाने आउने गर्दथे ।
सामान्य अवस्थामा जात्राको जस्तो भीडभाड हुने काठमाडौं शहरमा लकडाउनका समयमा एक्लै सडकमा हिड्दा सुनसान र अन्जान शहरमा हराएको आभास हुन्थ्यो । लकडाउन अघिसम्म सडकमा जति मान्छे देखिए पनि कसैमाथि ध्यान नजाने गरेको भए तापनि लकडाउन पश्चातको केही दिनदेखि नियमित रुपमा कसैमाथि नजर गइरहेको थियो ।

चिटिक्क मिलेको शरीर, उचाइ तथा मोटाइमा आलोचना गर्ने कुनै आधार नै नभएको । नाम थाहा छैन, हेर्दा आँखा नै गडिने त्यो रुपमतीलाई देखेर कोरोनाको डर नै हराएको थियो । एक दिन, दुई दिन, तिन दिन ! दिनैपिच्छे देखिने ति रुपमतीको रुपबाट पागल नै भइसकेको थिएँ । अगाडि, पछाडि, दायाँ, बायाँ ! शरीरको जुनसुकै भागबाट हेर्दा पनि टाढैबाट मैले चिन्न सक्दथे मेरी रुपमतीलाई । धेरै दिनको नियमित देखादेख हुँदासमेत मैले उनको अनुहार भने देख्न सकेको थिएन । कारण थियो, कोरोना कहर ।

चिटिक्क मिलेको शरीर, उचाइ तथा मोटाइमा आलोचना गर्ने कुनै आधार नै नभएको । नाम थाहा छैन, हेर्दा आँखा नै गडिने त्यो रुपमतीलाई देखेर कोरोनाको डर नै हराएको थियो । एक दिन, दुई दिन, तिन दिन ! दिनैपिच्छे देखिने ति रुपमतीको रुपबाट पागल नै भइसकेको थिएँ ।
अगाडि, पछाडि, दायाँ, बायाँ ! शरीरको जुनसुकै भागबाट हेर्दा पनि टाढैबाट मैले चिन्न सक्दथे मेरी रुपमतीलाई । धेरै दिनको नियमित देखादेख हुँदासमेत मैले उनको अनुहार भने देख्न सकेको थिएन । कारण थियो, कोरोना कहर । कोरोनाभाइरसको संक्रमणबाट बच्न उनले प्रयोग गर्ने मुखबन्दी अर्थात मास्कको कारण अनुहार देख्न सकेको थिएन । तर अनुमान थियो । मेरी रुपमतीको रुपमा कुनै खोट छैन भन्ने ।
माया भन्ने चिजपनि कस्तो/कस्तो ! बुझ्नै नसकिने । लकडाउनका कारण सामान्य अवस्थाको भन्दा अफिसको कामकाजमा केही बोझ घटे पनि आफ्नो व्यक्तिगत समस्या भने बढेको थियो । खाली समयमा हरपल हरमिनेट ति मास्कधारी नारीको यादमा बत्दथ्यो । शरीर अनुसारको अनुहारको कल्पनाको संसारमा डुबेको पत्तो पाइदैन्थ्यो ।

उसो त मैले मात्रै उनलाई कहाँ हेर्थे र ? उनीले पनि मलाई कर्के नजरले हेरेको सजिलै आभास हुन्थ्यो । दुई नजरको टकराबले मनमा सामुद्रिक छालसँगै सुनामी नै आउने गर्दथ्यो । लकडाउन हुँदैन्थियो भने त्यो समयमा दुर्घटनामा परी घाइते समेत भइसक्थेँ होला ।

कल्पनामय दिनहरु बित्दै गइरहेका थिए । कल्पनाको संसारमा मैले एकतर्फी मायाको महल निर्माण गरी सकेको थिएँ । तर उनीसँग बोल्न भने सकेको थिएन । मन आँखाको जुधाईमा नै रमाइ रहेको थियो र बोल्ने बहानाको उपयुक्त अवसरको खोजिमा थियो ।

मायाको हिन्द महासारमा डुबुल्की मारी सगरमाथाको उचाई नाप्दै ब्रह्माण्डको यात्रामा निस्किन्थ्याैं हामी । शान्त नगरी काठमाडौंमा भौतिक शरीर रहेपनि प्रेमको रकेट चढी स्वर्गको आनन्दमा लिप्त हुन्थ्यौं । अरुका लागि जे असर परे पनि मलाई लकडाउन बरदान सावित भएको भान हुन्थ्यो ।

मलाई लाग्दथ्यो कि पूरा उपत्यका बासीलाई घरभित्र बन्द गरेर मेरी रुपमती मेरै लागि संसारमा पाइला टेकेकी हुन् । त्यस कारणले गर्दापनि मेरो जिम्मेवारी बन्ने गर्दथ्यो कि, संसार सजाउने । हो, मेरो र मेरी रुपमतीको संसार सजाउने ।

कल्पनाको संसार सजाउने काम सकिएपछि अन्य केही समयमा अनुहारबारे विभिन्न कुरा मनमा खेलिरहन्थे । साच्चिकै मेरी रुपमतीको अनुहार कस्तो होला त ? चन्द्रमुखी जस्तै, मृगनयनी जस्तै या काव्यमा लेखिएका स्वर्गका अप्सरा जस्तै । फरक फरक समयमा मन र मस्तिकले मनन् र सोच्ने गर्दथेँ । मास्कले छोपेको अनुहार बाहेक अन्य भागको शरीरको अनुमान गर्दा मेरी रुपमतीको अनुहारको तारिफका लागि उपयुक्त शब्द नै कठिन रह्यो मेरा लागि ।

सबैका लागि लामा र पट्यार लाग्दा बनेका लकडाउनका दिनहरु मेरा लागि २४ घण्टा पनि अपुग हुने गर्दथे । कारण थियो, एकतर्फी प्रेमको हतियारको प्रहारले घाइते हुनु ।

कल्पनामय दिनहरु बित्दै गइरहेका थिए । कल्पनाको संसारमा मैले एकतर्फी मायाको महल निर्माण गरी सकेको थिएँ । तर उनीसँग बोल्न भने सकेको थिएन । मन आँखाको जुधाईमा नै रमाइ रहेको थियो र बोल्ने बहानाको उपयुक्त अवसरको खोजिमा थियो ।

म मेरी रुपमतीको नजिकै आईसकेको थिएन । नजिकै पुग्नै लाग्दा प्रलय आएको भान भयो । संसार अँध्यारो भयो । आकास खसेजस्तै भयो ! अनर्थ भयो ! अत्याचार भयो ! असह्य भयो ! आफैलाई आफ्नो शरीर भारी भएर आयो । आफ्नै गोडाले साथ दिन छोडे पागलसरी भएर घरमा पुगेँ ।

लकडाउन लुजडाउन उन्मुख भइरहेको थियो । एकदिनको कुरा हो । म अफिसबाट घर फर्कदै थिए । बाटोमा फर्कदै गर्दा मैले टाढैबाट पहिचान गरी सकेको थिएँ मेरी रुपमतीलाई । टाढैबाट देखिएकी मेरी रुपमतीले आज मास्क लगाएकि थिइनन् । धेरै दिनको धैर्यताको बाधलाई सामुद्रिक छालले तोडेर दिएको त्यो समय प्रतिक्षाको घडी समाप्त हुँदै थियो ।

खुल्ला रुपले सास फेर्न पाएकि थिइन् मेरी, रुपमतीले । दूधले नुहाए जस्तै टाढैबाट टल्की रहेको त्यो अनुहार हेर्दा लाग्दथ्यो कि चन्द्रमाभन्दा सुन्दर छिन् मेरी रुपमती । चन्द्रमामा भन्दा सुन्दर पनि कसरी नहोस् त चन्द्रमामा दाग छ भने मेरी रुपमती कुनै पनि किसिमको दागमुक्त जो छिन् ।

१७/१८ वर्षभन्दा माथि छैनन् जस्तो लाग्दथ्यो मेरी रुपमतीको उमेर । बाटोमा हिड्दै गर्दा पनि आफ्नै संसारमा रमाएर हिडेजस्तै लाग्दथ्यो । टाउको हल्लाएर, चप्पल पड्काएर, कम्मर मर्काएर, मनमनै गाइरहेको गीतको धुन हल्का रुपमा ओठबाटै छल्किएर गुनगुनाइरहेको । हो, कलिलो र चञ्चले उमेरकी शारीरिक हाउभाउले परिचय दिइरहेकी थिइन् मेरी रुपमतीले ।

म मेरी रुपमतीको नजिकै आईसकेको थिएन । नजिकै पुग्नै लाग्दा प्रलय आएको भान भयो । संसार अँध्यारो भयो । आकास खसेजस्तै भयो ! अनर्थ भयो ! अत्याचार भयो ! असह्य भयो ! आफैलाई आफ्नो शरीर भारी भएर आयो । आफ्नै गोडाले साथ दिन छोडे पागलसरी भएर घरमा पुगेँ ।

म त्यो समयको कल्पना गर्न सक्दिन । म त्यो कालो समय मस्तिष्कबाट हटाउन चहान्छु । तर त्यो समयले मलाई निकै पोल्ने र घोच्ने गर्दछ । मेरी रुपमतीको अनुहार हेर्न हर सेकेन्ड दिनझै बिताइरहेको समय नजिकिरहेका बेला बज्रपात भयो ।

मेरी रुपमतीलाई कुदृष्टिले नजर लगाए छ । रुपमतीको रुपमाथि गिद्दे दृष्टि परेछ । हो मेरी रुपमती कलियुगका रावरणको शिकार भएछ । उनको अनुहारमा एसिड छ्यापेछ । त्यो क्षणलाई मैले स्वीकार गर्नै सकिन ।

आफूभन्दा तीन दशक कान्छी रुपमतीलाई दोस्रो बिहेको बारम्बारको प्रस्ताव अस्वीकारले राक्षसी प्रविद्धिको पराकाष्टामा कलियुगमय रावणको रुप लिएछ । हो, त्यसको शिकार भई मेरी रुपमती । भष्मासुर र एसिडले मेरो काल्पनिक अधुरो प्रेमको कथा समाप्त पारिदियो ।

कलकलाउदो उमेरकी मेरी रुपमतीलाई उभन्दा तीन दशक जेठो भष्मासुरले आँखा लगाए छ । पछि बुझ्दै जाँदा रुपमतीकै उमेरकी त उस्कै पनि घरमा छोरी रहेछ । आफूभन्दा तीन दशक कान्छी रुपमतीलाई दोस्रो बिहेको बारम्बारको प्रस्ताव अस्वीकारले राक्षसी प्रविद्धिको पराकाष्टामा कलियुगमय रावणको रुप लिएछ । हो, त्यसको शिकार भई मेरी रुपमती । भष्मासुर र एसिडले मेरो काल्पनिक अधुरो प्रेमको कथा समाप्त पारिदियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।